आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
५ प्रतिशतका दरले हुने २ करोड ८७ लाख ९६ हजार रुपैयाँबराबरको बोनस सेयर तथा ५ प्रतिशतका दरले हुने ५७ करोड ५९ लाख २० हजार रुपैयाँबराबरको नगद लाभांस दिने भएको जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्को स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।