पशुपतिनाथ परिसरलाई लक्ष्मी बैङ्कले दियो २ थान सफा टेम्पो

लक्ष्मी बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पशुपतिनाथ परिसरलाई प्रयोगका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ ।

पशुपतिनाथ मन्दिर परिसरभित्र बृद्ध र अशक्त भक्तजनको आवतजावतका लागि सञ्चालन कम्पनीले हस्तान्तरण गरेको हो ।  पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमा बैङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेका हुन् । हाल देशभर लक्ष्मी बैङ्कले ९६ शाखा र ५१ शाखा रहित बैङ्कमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।