लामाे समयपछि उनलाइ महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेर नेपाल ल्याएकाे हाे । ज्ञवालीमाथि नेपाल राष्ट्र बैङ्कले दायर गरेकाे मुद्धामा अदालतले चार वर्ष जेल सजाय र १५ कराेड रूपैयाँ जरीवाना गरेकाे थियाे । तर, ज्ञवाली लामाे समयदेखि फरार रहेका थिए ।
शेयर र रियल स्टेटका खेलाडी तत्कालीन किष्ट बैङ्कका प्रवन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाइ प्रहरीले पक्राउ गरेकाे छ । आफन्त र इष्टमित्रको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर चलाउने र शेयर तथा रियल स्टेटमा मन्दी छाएपछि ऋण तिर्न उनले आफैं कार्यरत बैङ्कबाट समेत अरू व्यक्तिको नाममा कर्जा निकासा गराएर जनतालाइ डुवाएपछि उनी फरार भएका थिए ।
लामाे समयपछि उनलाइ महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेर नेपाल ल्याएकाे हाे । ज्ञवालीमाथि नेपाल राष्ट्र बैङ्कले दायर गरेकाे मुद्धामा अदालतले चार वर्ष जेल सजाय र १५ कराेड रूपैयाँ जरीवाना गरेकाे थियाे । तर, ज्ञवाली लामाे समयदेखि फरार रहेका थिए ।
२०६७ असारमा किष्टबाट जम्को प्रकाशनलाई सञ्चालन पूँजीबापत रु.१२ करोड कर्जा दिलाएका ज्ञवालीले भदौमा जम्कोलाई आफ्नी श्रीमती गौरीको नाममा रहेको जग्गा किनाउन आफ्नो पर्याप्त शेयर रहेको सिद्धार्थ विकास बैङ्कबाट रु.१३ करोड रियल स्टेट कर्जा दिलाएका थिए । रियल स्टेट व्यवसायका कारण ऋणमा फसेका ज्ञवालीले जम्कोलाई अघि सारी आफैंले पैसा चलाएका हुन ।
जम्कोको नाममा दिएको ऋण डुबेपछि राष्ट्र बैङ्कले अनुसन्धान गर्दा ज्ञवालीको बदनियत देखेर थियाे । ज्ञवालीकाे कर्तुतहरू खुल्न थालेपछि २०६८ जेठमा ज्ञवाली फरार भएका हुन ।