कार्यान्वयनमै आएन महानगरको डिजिटल होर्डिङ बोर्ड राख्ने याेजना

काठमाडौं महानगरले अहिले सर्वोच्च अदालतले दिएको आदेशलाई समेत बेवास्ता गरी सबै स्थानमा होर्डिङ बोर्ड टाँस्न दिइरहेको छ । सर्वोच्चले २०७३ मा महानगरभित्र राखिएका होर्डिङ हटाउन र राखिएका त्यस्ता वस्तु तत्काल निकाल्न निर्देशन दिएको थियो । तर महानगरले त्यसलाई सुनेको नसुन्यै गरेको छ ।

काठमाडौं महानगरपालिकाले डिजिटल होर्डिङ बोर्ड राखी उपत्यकामा भएका र जथाभावी टाँसिएका फ्लेक्स होर्डिङ बोर्ड पूर्ण रूपमा विस्गापन गर्ने भनेको धेरै भयो । तर त्यो कार्यान्वयनको तहमा पुगेको छैन । महानगरले उचित मापडण्ड बनाई होर्डिङ बोर्डको व्यवस्थालाई कडाइ गर्दै चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै डिजिटल सिस्टममा जाने बताएको थियो ।

तर यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डिजिटल होर्डिङ बोर्ड राख्ने काम एकैपटक हुने कुरा नभएको बताए । ‘एकै चोटि हुने कुरा होइन यो । हरेक कुराको अवधि हुन्छ । नीतिनियम तथा सबै प्रक्रिया पु¥याएर काम गनुपर्छ,’ मेयर शाक्यले भने, ‘हामीले क्रमिक रुपमा जाँदै छौं ।’

डिजिटल होर्डिङ बोर्ड राख्ने प्रक्रिया अघि बढेको र केही समयभित्रै अहिलेको अव्यवस्थित फ्लेक्स बोर्ड सबै हट्ने उनको भनाइ छ । अहिले थापाथली, त्रिपुरेश्वर, बानेश्वर, चाबहिललगायत चोकमा विज्ञापनका होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट अव्यवस्थित रुपमा टाँसिएको देख्न सकिन्छ ।

महानगरले सडक पोल तथा अन्य सार्वजनिक स्थानमा पर्चा, पम्प्लेट तथा बोर्ड राख्न नपाइने नियम बनाएको छ । महानगरले आफंैले बनाएको नियम लागू गर्न नसक्दा काठमाडौं कुरुप बनेको छ ।