स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाईंलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो । झापा चन्द्रगढीका चापागार्इं यसअघि मिथिला लघुवित्त वित्तीय संस्थाका सीईओ थिए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार उनले मङ्सिर १ गतेदेखि पदीय जिम्मेवारी सम्हाल्नेछन् । गत वैशाखमा मिथिला छाडेका उनले मिथिलामै वरिष्ठ प्रबन्धक भएर काम गरेका थिए । उनी वित्तीय क्षेत्रमा भने नेपाल ग्रामीण विकास बैङ्कबाट प्रवेश गरेका हुन् । राष्ट्रियस्तरको लघुवित्त संस्थाका रुपमा स्वदेशीले २०७१ पुसबाट वित्तीय कारोबार सुरु गरेको हो ।