ट्राफिक प्रहरीको अत्याधुनिक भवन सातदोबाटोमा

ट्राफिक प्रहरीको चौंथो अत्याधुनिक भवन सातदोबाटोमा उद्घाटन भएको छ । प्रहरी र सर्वसाधारणको पहलमा सातादोबाटो चोकमा निर्माण सम्पन्न भएको भवन बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् ।

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा बस्दा प्रहरी सङ्गठनलाई पहिलो भवन उपहार दिएका हाछेथुले बुधबार ललितपुरस्थित सातदोबाटोमा प्रहरी प्रमुखलाई निम्ता गरेर सङ्गठनका लागि चौंथो भवन उपहार दिएका हुन् । उक्त भवन इन्स्पेक्टर सीताराम हाछेथुको पहलमा बनेको हो ।

कोटेश्वर, कालिमाटी र दरबारमार्गपछि सातदोबाटो चोकमा बनेको चौथौं भवन २ करोड १६ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका कोषाध्यक्ष रामकाजी आवालेले जानकारी दिए ।