प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका नेपालले नागीडाँडामा विमानस्थल बनाउनु भनेको राज्यको पैसा दुरुपयोग मात्र भएको दाबीसमेत गरे ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेकाे नागीडाँडामा निर्माण हुने भनिएको डोमेस्टिक एयरपोर्ट निर्माण प्रक्रिया अघि नबढाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसमेत रहेका नेपालले नागीडाँडामा विमानस्थल बनाउनु भनेको राज्यको पैसा दुरुपयोग मात्र भएको दाबीसमेत गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख सञ्जीव गौतमलाई लक्ष्य गर्दै उनले भने, ‘पर्यटनमन्त्री फेरिँदैपिच्छे फरकफरक ठाउँमा एयरपोर्ट बनाउँछु भन्नु गलत हो । यसले राज्यको पैसा रित्याउने मात्र काम गर्छ ।‘