आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दुई कम्पनीको आवेदन

स्वाभिमानले १ करोड ८० लाख रुपैयाँबराबरको र युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् ।

प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दिएका छन् । बोर्डमा स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था र युनियन हाइड्रोपावरले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

स्वाभिमानले १ करोड ८० लाख रुपैयाँबराबरको र युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् ।

युनियन हाइड्रोपावरले प्रभावित क्षेत्रबाट स्थानियले खरिद नगरेकोसहित गरी ३५ करोड ३४ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन अनुमति मागेको हो । कम्पनीले स्थानीयले नकिनेको ६ लाख २१ हजार कित्तासहित ३५ लाख ३४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो ।

त्यस्तै ४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वाभिमानले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गरेपछि ६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । चुक्ता पुँजी ६ करोड पुगेपछि कम्पनीको सेयर हिस्सामा सर्वसाधारणको ३० प्रतिशत र संस्थापको हिस्सा ७० प्रतिशत पुग्नेछ ।