कम्पनीले संस्थापक समूहबाट चिरञ्जीवी थापा र निरन्जनसिंह बस्नेत तथा सर्वसाधरणबाट जगतराज खनाल, भुपेन्द्रबहादुर बस्नेत र कैलाशभक्त कारञ्जितलाई नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय यही असोज १० गतेबाट लागू हुने जानकारी दिइएको छ ।
क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्समा पाँच सदस्यीय सञ्चालक समिति नियुक्त भएका छन् । कम्पनीमा दुई संस्थापकका तर्फबाट तथा तीन जना सर्वसाधारण तर्फबाट नियुक्त भएका हुन् ।
कम्पनीले संस्थापक समूहबाट चिरञ्जीवी थापा र निरन्जनसिंह बस्नेत तथा सर्वसाधरणबाट जगतराज खनाल, भुपेन्द्रबहादुर बस्नेत र कैलाशभक्त कारञ्जितलाई नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय यही असोज १० गतेबाट लागू हुने जानकारी दिइएको छ ।
नेपाल राष्ट्र बैङ्कले २०६९ माघ ९ गते क्यापिटललाई समस्याग्रस्त घोषणा गरेको थियो । खासगरी त्यसका तत्कालीन प्रमुख कार्यकारी अधिकृत पवन कार्कीलगायतको समूहले संस्थालाई धरासायी बनाएपछि राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरी ऋण उठाएर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न संस्थालाई निर्देशन दिएको थियो ।