सिभिल बैङ्क र नेसनल बैङ्किङ इन्स्टिच्युटबीच सम्झौता

सम्झौताअनुसार एनबीआईले सिभिल बैङ्कका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ ।

नेसनल बैङ्किङ इन्स्टिच्युट र सिभिल बैङ्कबीच यही असोज २५ गते तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले सिभिल बैङ्कका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा सिभिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेसनल बैङ्किङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।