विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी क्षति भएका भौतिक संरचना तथा एेतिहासिक तथा प्राकृतिक सम्पदाको पुनर्निर्माणका लागि उक्त रकम खर्च भएको हो ।
सरकारले पुनर्निर्माणका लागि झन्डै २ खर्ब रुपैयाँ खर्च गरेको छ । विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी क्षति भएका भौतिक संरचना तथा एेतिहासिक तथा प्राकृतिक सम्पदाको पुनर्निर्माणका लागि उक्त रकम खर्च भएको हो ।
भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगति प्रस्तुत गर्दै प्राधिकरणका सीर्इअो सुशील ज्ञवालीले पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्बमध्ये १ खर्ब ८७ करोड बजेट खर्च भएको बताएका छन् । उनले बाँकी पुनर्निर्माणका लागि ६ खर्ब चाहिने बताए । भूकम्पले मुलुकका १४ जिल्लामा ७ सय ५३ अोटा भौतिक संरचना क्षति भएका थिए । त्यसमध्ये १ सय ८५ सम्पदा बनिसकेको र ३ सय ९ निर्माणधीन छछन। हालसम्म ९७ प्रतिशतले पहिलो किस्ता, ६७ प्रतिशतले दोस्रो र ३७ प्रतिशतले तेस्रो किस्ताबापतको अनुदान पाइसकेका छन् ।
अहिलेसम्म ७० प्रतिशत पुननिर्माणको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।