सनराइज बैङ्कद्वारा थप दुई शाखा विस्तार

शुक्रबार आयोजित छुटाछुटै आैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैङ्कले जनाएको छ । योसमेत गरी बैङ्कको शाखा सङ्ख्या ९७ पुगेको छ ।

सन राइज बैङ्क लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ ।

शुक्रबार आयोजित छुटाछुटै आैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैङ्कले जनाएको छ । योसमेत गरी बैङ्कको शाखा सङ्ख्या ९७ पुगेको छ ।

बैङ्कले नेपालभर ११० एटीएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैङ्किङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैङ्कले जनाएको छ ।