ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरमा मिसकल दिएर ग्राहकले आफ्नो खाताबारे जानकारी लिन सक्ने छन् । ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकले उपभोग गर्न मिल्ने सेवा अन्र्तगत ग्राहकले खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन ९८०१२३१२९४ नम्बर, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बर, मोबाइल १ रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बर, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बर, आफूले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमबारे जानकारी लिन ९८०१२३१२९८ नम्बर र बैंकले प्रदान गर्ने विभिन्न कर्जाबारे जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्ने छन् ।
ग्राहकले तोकिएका नम्बरमा डायल गरेपछि उक्त नम्बरमा १ घण्टी जाने र आफैं फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत् पठाउने छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्ट, भाइबर बैंकिङ, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ सुविधा, अनलाइनमार्फत् घरमै अथवा जहाँकहीँ बसेर बैंक खाता खोल्न सकिने लगायतका सुविधा आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १ सय ३२ शाखा, ५ एक्सटेन्सन काउन्टर, १ सय ३८ एटीएम, १५ राजस्व संकलन काउन्टर, १ सय ३ वटा शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समय–समयमा आफ्ना सुविधामा थप परिमार्जन गर्दै जाने लक्ष्य लिएको छ ।