कलङ्की नागढुंगा सडक निर्माणले गति लिँदै

सडक विस्तार र कालोपत्रे हुन नसक्दा लामो समयदेखि अलपत्र रहेको उक्त सडक निर्माणलाई गति दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि सडक विस्तारमा विवाद देखिएको कलङ्की—नागढुंगा सडक निर्माणले गति लिन थालेको छ । सडक विस्तार र कालोपत्रे हुन नसक्दा लामो समयदेखि अलपत्र रहेको उक्त सडक निर्माणलाई गति दिन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सडक विस्तारमा स्थानीयकाे अवराेधले उक्त सडक विस्तारकाे काम तीन बर्षदेखि अगाडी बढ्रन सकेकाे छैन । सडक विस्तार र कालाेपत्रेका लािग मन्त्रालय मार्फत मन्त्रीपरिषदमा पेश गरेको थियो। मन्त्रीपरिषदबाट स्विकृत भएर आएपछि सडक निर्माणको काम अघि बढार्इएको आयोजनाले जनाएको छ।

सडक विस्तारकाे विरोधमा स्थानीयले सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।   अदालतले घर जग्गा दुवैको मुआब्जा दिएर सडक विस्तार अघि बढाउन फैसला गरेको थियो। फैसलापछि स्थानीयले घर जग्गा दुवैको मुआब्जा पाउने भन्दै विस्तार भएका ठाउँमा समेत अवरोध गर्न थालेका छन्। सडकको सीमा छुट्याएर वालहरु उठाएका ठाउँमा समेत स्थानीयले मुआब्जा पाउने भन्दै काम गर्न दिएका छैनन्।

४ लेनमा २ मिटरमा हालको सडकलार्इ विस्तार गर्न लागिएको हो तर अहिले केहि स्थानमा मात्रै विस्तार भइरहेको छ। बिस्तार नभएको ठाउँमा जति सडक छ त्यतिमै कालोपत्रे गरिने छ। विस्तार भएका ठाउँहरुमा भने डिजाइन अनुसार नै २२ मिटरमा कालोपत्रे काम हुनेछ।

श्रेष्ठका अनुसार करिव ५० प्रतिशतभन्दा बढी काम सकिएको छ। यसै बर्षभित्र जसरी पनि कालोपत्रे भैसक्ने छ।