ज्योति लाइफ एजेन्सी अवार्ड्स नाइट सम्पन्न

कार्यक्रममा राजेश हमालद्वारा सम्मानपत्र तथा विभिन्न विधाका एवार्डहरु हस्तान्तरण गरिएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा व्यवसाय वृद्धिमा सहयोग पुर्याउने अभिकर्ताहरुको प्रोत्साहन र सम्मानस्वरुप एजेन्सी अवार्ड्स नाइट २०७५ सम्पन्न गरेको छ ।

बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर नेपाली सिनेजगतका महानायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारीहरु एवम् अन्यकर्मचारी तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुको उपस्थिति थियो । कार्यक्रममा राजेश हमालद्वारा सम्मानपत्र तथा विभिन्न विधाका एवार्डहरु हस्तान्तरण गरिएको थियो ।

यस प्रकारका कर्यक्रमले कम्पनीका अभिकर्ताहरुलाई प्रोत्साहन गर्नुका साथै कर्मचारीसँगको सहकार्यमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।