७ महिनादेखि सीईओविहीन एनआईसी एसिया

केन्द्रीय बैङ्कले त्यसलाई सदर गरिरहेको छ । खासगरी सञ्चालक समिति हाबी भएको भनेर बेला बेलामा चर्चामा आएको एनआईसी एसियाले आफू अनुकूल काम गराउने सीईओको खोजी गरेपनि त्यसअनुरुपको सीईओ नभेट्दा राख्न नसकेको बैङ्किङ क्षेत्रमा चर्चा छ ।

बैङ्क तथा वित्तीय संस्थामा तीन महिनाभित्र प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नुपर्ने व्यवस्था भएपनि एनआईसी एसियाले सात महिनादेखि सीईओ पाएको छैन । राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशनमा भने सीईओ खाली भएको तीन महिनाभित्र पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

सबैभन्दा बढी शाखा सञ्जाल भएको एनआईसी एसियाका तत्कालीन सीईओ लक्ष्मण रिसालले फागुनमा राजीनामा दिएयता बैङ्क सीईओविहीन छ । बैङ्कले दुई पटक सीईओका लागि आवेदनसमेत मागेको थियो । तर, सीईओ नियुक्तिको कुनै प्रक्रिया भने अघि बढेकाे छैन ।

लामो समयदेखि बैङ्कमा रोशनकुमार न्यौपानेले कायममुकायम सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । ‘सीईओ छनोटको प्रक्रिया अघि बढिरहेको छ,’ कामु सीईओ न्यौपानेले भने, ‘दोस्रो पटक पनि विज्ञापन भएको छ । अब निकास निस्किएला ।’ सीईओ नियुक्ति दिने कुरा सञ्चालक समितिको भएकाले आफूले बैङ्कलाई कसरी राम्रो बनाउने भनेर मात्र सोचिरहेको न्यौपानेले बताए ।

एकीकृत निर्देशन २०७५ को संस्थागत सुशासनसम्बन्धी व्यवस्थाको धारा ११ मा सीईओ खाली भएको ३ महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको छ । सीईओ मात्र होइन बैङ्क तथा वित्तीय संस्थाको व्यवस्थापकीय पदहरुसमेत ३ महिनाभित्र अनिवार्य रुपमा पूर्ति गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनमा छ । तर, बैङ्क तथा वित्तीय संस्थाहरु केन्द्रीय बैङ्कले जारी गरेको निर्देशन अवज्ञा गर्दै महिनौंसम्म सीईओ र व्यवस्थापकीय पद खाली राख्दै आएका छन् ।

यसअघि नबिल बैङ्कमा पनि राष्ट्र बैङ्कको निर्देशनको ठाडो उल्लङ्घन भएको थियो र ६ महिनासम्म डेपुटी सीईओको रुपमा पूर्व सीईओ÷महाप्रवन्धक अनिलकेशरी शाहले काम गरेका थिए । नबिल बैङ्कमा थप कुनै कारवाही गर्न नसकेपछि केन्द्रीय बैङ्कले अन्य बैङ्कलाई भन्ने हैसियत पनि गुमाएको छ ।