एनआईसी एसियाले ११ प्रतिशत ऋणपत्र जारी गर्ने

एनआईसी एसिया बैङ्कले ४ अर्ब रुपैयाँबराबरका ११ प्रतिशत ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले एक हजार रुपैयाँ अङ्कित ४० लाख कित्ता ‘एनआईसी एसिया ऋणपत्र २०८५/८६’ निष्कासन गर्ने भएको हो ।

बैङ्कले ऋणपत्र निष्कासनका लागि मङ्गलबार नेपाल एसबीआई मर्चेन्ट बैङ्किङलाई नियुक्त गरेको छ । यसअघि बैङ्कले जारी गरेको १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्र बाँडफाँट भइसकेको छ । ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ८० प्रतिशत ( ३ अर्ब २० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (८० करोड रुपैयाँ) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिनेछ ।

प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्कासन गर्न लागिएकोे कम्पनीले जनाएको छ ।