एनआईसी एशियाको २६४ औं शाखा मानेञ्ज्याङ्गमा

बैङ्कको नयाँ शाखाको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उदघाटन गरेका हुन् ।

एनआईसी एशिया बैङ्कको २६४औं शाखा शङ्खुवासभाको खाँदबारी नगरपालिका मानेञ्ज्याङ्गमा सञ्चालनमा आएको छ । बैङ्कको नयाँ शाखाको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उदघाटन गरेका हुन् ।

बैङ्कको नयाँ शाखा सञ्चालनमा आएसँगै देशभर कम्पनीका २६४ शाखा, २६० एटीएम, २६ ओटा एक्सटेन्सन काउन्टर एवम् १८ ओटा शाखारहित बैंकिङ्ग एकाईमार्फत् ग्राहकलाई सेवा दिँदै आएको छ ।