लक्ष्मी लघुवित्तको नाफा ४ प्रतिशतले बढ्यो

कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले ६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १३ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै लघुवित्तको ६ करोड ४२ लाख ब्याज खर्च रहेको छ ।

लक्ष्मी लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ दशमलव ६६ प्रतिशतले नाफा बढाएको छ । चालू आवको पहिलो त्रैमास (असोज मसान्त)मा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले ६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १३ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै लघुवित्तको ६ करोड ४२ लाख ब्याज खर्च रहेको छ ।

पहिलो त्रैमाससम्म लक्ष्मीले १ अर्ब ६८ करोड रुपैयाँ सापटी लिएर २ अर्ब ९३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस अवधिमा कम्पनीको २४ करोड २० लाख चुक्ता पुँजी पुगेको छ । निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९० पैसा छ । यस्तै मुख्य आम्दानी अनुपात २३ दशमलव १५ छ ।