सिभिल बैङ्क र युनियनलाइफ इन्स्योरेन्सबीच सम्झौता

सम्झौतापत्रमा सिभिल बैङ्ककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाललाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।

सिभिल बैङ्क लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले युनियन नेपाललाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैङ्ककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाललाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे ।

युनियन नेपाल लाइफ इन्स्योरेन्सका जीवन बिमा सेवालाई विना झन्झट सिभिल बैङ्कका देशभर छरिएका ६९ शाखाहरु मार्फत उपलब्ध हुने गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैङ्कका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैङ्कले यसअघि पनि जीवन बिमा कम्पनीहरु मेटलाइफ,एल.आई.सी. नेपाल र रिलायबल नेपाललाइफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बिमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बिमा तथा निर्जीवन बिमा सेवाउपलब्ध गराउँदै आइरहेको छ ।