मिर्मिरे लघुवित्तको कामु प्रमुख कार्यकारीमा बोहरा नियुक्त

कम्पनीले बोहरालाई कात्तिक ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वरिष्ठ प्रबन्धक बिर्खबहादुर बोहरालाई कायम मुकायम कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीले बोहरालाई कात्तिक ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

लघुवित्तले कात्तिक ६ गतेदेखि लागू हुने गरी संस्थाको सेवाबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटालाई बिदा गरी बोहरालाई नियुक्त गरेको हो ।