प्रोग्रेसिभ फाइनान्सको नाफा १ करोड ७८ लाख

प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी अघिल्लो वर्षको सोही अवधिमा १ करोड ९ लाख रुपैयाँ नोक्सानमा थियो । फाइनान्सको २१ करोड रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ३ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ । निक्षेपमा ७० करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्दै कम्पनीले ६१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको...

प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी अघिल्लो वर्षको सोही अवधिमा १ करोड ९ लाख रुपैयाँ नोक्सानमा थियो ।

फाइनान्सको २१ करोड रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ३ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ । निक्षेपमा ७० करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्दै कम्पनीले ६१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी ४८ लाख रुपैयाँ छ भने सञ्चालन मुनाफा ६५ लाख रुपैयाँ नोक्सानमा छ । खराब कर्जा २ करोड ६७ लाख रुपैयाँ, जोखिमयुक्त सम्पत्ति ४४ दशमलव ८९ प्रतिशत रहेको छ र निष्क्रिय कर्जा १ दशमलव ९१ प्रतिशत छ ।