नेपाल इन्स्योरेन्स र आईएमई जनरल मर्ज हुने

नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) मर्जर प्रक्रियामा जान प्रारम्भिक तयारी सुरु गरेका छन् । खासगरी आईएमई समूहले एनबी इन्स्यारेन्सलाई नियन्त्रणमा लिएपछि सो समूह नेपाल इन्स्योरेन्ससँग मर्ज गर्ने गरी अघि बढेको हो ।

बैङ्क तथा वित्तीय संस्थाको मर्ज र एन्ड एक्विजिसन (गाभ्ने/गाभिने) प्रक्रिया सुस्ताउन थालेका बेला बिमाक्षेत्रमा गाभ्निे/गाभिने चर्चा सुरु भएको छ । गतवर्ष बिमाक्षेत्रमा थप कम्पनीहरु बजार प्रवेश गरेसँगै कम्पनीहरु एकअर्कामा गाभिन इच्छुक देखिएका हुन् ।

नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) मर्जर प्रक्रियामा जान प्रारम्भिक तयारी सुरु गरेका छन् । खासगरी आईएमई समूहले एनबी इन्स्यारेन्सलाई नियन्त्रणमा लिएपछि सो समूह नेपाल इन्स्योरेन्ससँग मर्ज गर्ने गरी अघि बढेको हो । वित्तीय क्षेत्रमा आईएमई समूहले नेतृत्व गरेको ग्लोबल आईएमई बैङ्कले छलाङ मारेको थियो । बिमाक्षेत्रमा पनि सो समूहले अन्य संस्थाको सेयर आफ्नो हिस्सामा लिने र बिमा कम्पनीहरुलाई एकीकृत गर्ने रणनीतिअनुसार सो समूहले केही समयअघि नेपाल इन्स्योरेन्समा रहेको नेपाल बैङ्कको स्वामित्वमा रहेका सेयर खरिद गरेको थियो । दुवै कम्पनीबीच मर्जरका लागि प्रारम्भिक चरणमा कुराकानी भइरहेको बताइएको छ ।

२०७५ असारमा नेपाल इन्स्यारेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँ छ भने आईजीआईको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । मर्जरमा जाने तयारी गरेपछि आईजीआईले हालै १० बराबर ८ (१०ः८)को अनुपातमा हकप्रद सेयर दिने निर्णयलाई पनि स्थगित गरेको छ । उसले गत वर्ष असार ५ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो । तर सो हकप्रद बिक्री आईजीआईले बिक्री गरेन र हकप्रद बिक्री गर्ने समय गुज्रिसकेको छ । नेपाल इन्स्योरेन्सले गत वर्ष १२ करोड ४९ लाख ८५ हजार नाफा गरेको थियो भने आईजीआईले १६ करोड ८७ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । खासगरी बिमा समितिले निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २०७५ असारभित्र १ अर्ब पु¥याउनुपर्ने उल्लेख गरेको थियो । तर त्यसमा ६ महिना थपेर पुससम्मको समय दिएको छ । त्यसले गर्दा पनि बिमा कम्पनी मर्जमा जानुपर्ने बाध्यतामा छ । पुससम्म चुक्ता पुँजी नपु¥याउने बिमा कम्पनीलाई जबर्जस्त (फोर्स) मर्जरमा लैजाने बिमा समितिको तयारी छ ।

नेपाल इन्स्योरेन्स नेपालको पहिलो निर्जीवन बिमा कम्पनी हो । २००४ सालमा नेपाल मालचलानी तथा बिमा कम्पनीका रुपमा नेपाल बैङ्कको मुख्य सेयर हिस्सा राखेर खुलेको नेपाल इन्स्योरेन्स १२ वर्षपछि नेपाल इन्स्योरेन्स तथा ट्रान्सपोर्ट कम्पनीमा रुपान्तरित भयो । यसले २०४७ मा नेपाल इन्स्योरेन्स कम्पनीका नाममा कारोबार सुरु गरेको थियो । नेपाल इन्स्योरेन्समा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा छ । एनबी समूहको मुख्य लगानीमा २०५७ माघमा खुलेको एनबी इन्स्योरेन्सलाई आईएमई समूहले दुई वर्षअघि खरिद गरेपछि नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स नामकरण गरिएको हो ।

नेपाल इन्स्योरेन्समा आईएमईको नाममा ५.२२ र आईएमई इन्भेस्टमेन्टको नाममा ५.२२ प्रतिशत सेयर हिस्सा छ । त्यसपछि पनि नेपाल इन्स्योरेन्सको सेयर हिस्सा आईएमई समूहले बढाउँदै लगेको छ । नेपाल इन्स्योरेन्समा आईएमई समूहले सेयर हिस्सा बढाउँदै गएपछि नेपाल इन्स्योरेन्स र आईजीआई मर्ज हुने सूचना बाहिरिन थालेकोमा आईजीआईले हकप्रद निष्कासन नगरेसँगै मर्जरको तयारी सुरु भएको आकलन गर्न थालिएको हो । यद्यपि दुवै कम्पनीले मर्जरमा जाने भए साधारणसभाबाट स्वीकृति लिने र अन्य प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि लामो समय लाग्न सक्छ । बीचमा अन्यथा भएन भने दुवै कम्पनी मर्ज हुनेछन् । तर नेपाल इन्स्योरेन्स सरकारी कम्पनीको हिसाबमा अघि बढेकाले मर्ज हुन भने निकै कठिन हुने आईएमई समूहको ठम्याइ छ ।