मिसन डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशतले हुने ५१ करोड ९२ लाख ८० हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ ।
साथै कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ५७८९४७ प्रतिशतले हुने ३० लाख ६ हजार ३ सय ५९ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी साधारणसभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि लागू हुनेछ ।