आयोजनाका मुअाब्जा वितरण तथा पुनर्वास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको बताए ।
गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ ।
आयोजनाका मुअाब्जा वितरण तथा पुनर्वास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको बताए ।
आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने बताए । “डीपीआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया सुरु हुन्छ”, उनले भने ।
प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डीपीआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालू आवमा १०० किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको उनले बताए । उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डीपीआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड रूपैयाँ छुट्याएको छ । दुवै जिल्लामा ६/६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करिब ५४ किमी फराकिलो हुनेछ ।
आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डीपीआर तयार पारेको छ । रासस