पाँच वर्षपछि गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

विस्तारपश्चात् अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पीएसटीएन तथा एडीएसएल सेवाबाट लाभान्वित हुन सक्ने टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए ।

नेपाल टेलिकमले स्याङ्जा, गल्याङ्को लल्याङ्मा सेवाविस्तार गरेको छ । करिब पाँच वर्षदेखि (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) पीएसटीएन र एडीएसएल सञ्चालन हुन नसकेको सेवा हिजो सुचारु भएको हो ।

विस्तारपश्चात् अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पीएसटीएन तथा एडीएसएल सेवाबाट लाभान्वित हुन सक्ने टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए ।

गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो, तथापि हाल आएर नयाँ नेटवर्किङ गरी सम्पन्न भएकोमा आपूmलाई अत्यन्तै खुसी लागेको गल्याङ्का वडा अध्यक्ष महेश भट्टराइले जानकारी दिए ।

नेपाल टेलिकमको पीएसटीएन फिक्स्ड ल्यान्डलाइन हो जसबाट पाँच एमबीपीएससम्म स्पिड क्षमता भएको ब्रोडब्यान्ड एडीएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।