केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको पहिलो घोषणा पूरा गर्न सकेका छैनन् । पहिचान भएका एक सय ८६ मध्ये ४६ ओटा तुइन विस्थापन गर्न नसकिने सस्पेन्सन बृज डिभिजन कार्यालयले जनाएको छ ।
पहिलो पटक विसं २०७२ मा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले दुई वर्षभित्र मुलुकका सबै तुइन विस्थापन गर्ने घोषणा गरेपनि साढे तीन वर्षसम्म अधुरै छ । आफू प्रधानमन्त्री बनेपछिको पहिलो घोषणा पूरा गर्न सकेका छैनन् । पहिचान भएका एक सय ८६ मध्ये ४६ ओटा तुइन विस्थापन गर्न नसकिने सस्पेन्सन बृज डिभिजन कार्यालयले जनाएको छ । २०७२/०७३ मा ४ ओटा, २०७३/०७४ मा ५७ ओटा र २०७४/०७५ मा ४६ ओटा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिसकिएको कार्यालयले जानकारी दिएको छ ।
एक सय ४७ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म एक सय ८ ओटा तुइनमात्रै हटेको कार्यालयका निमित्त प्रमुख मोहदत्त भट्टले जानकारी दिए । उनले २७ ओटा तुइन विस्थापन गर्न बाँकी रहेको र यस वर्षभित्रै सबै तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण भइसक्ने बताए । अहिले महाकाली नदीमा भएका पाँच ओटा तुइन हटाई झोलुङ्गे पुल बनाउन भारतीय सरकारले स्वीकृत नदिँदा निर्माण कार्य अलपत्र परेको छ ।
गत आर्थिक वर्षसम्म एक सय ८ ओटा तुइन विस्थापन गरी झोलुङे पुल निर्माण भइसकेको उनले बताए । बाँकी रहेकामध्ये २७ ओटा यसै वर्ष निर्माण गरिसक्ने लक्ष्य रहेको निमित्त प्रमुख भट्टको भनाइ छ । ‘हालसम्म एक सय ८ ओटा तुइन हटाइएको छ, बाँकी २७ ओटा चालू आर्थिक वर्षमा बनाइसक्ने लक्ष्य लिएका छौ,’ भट्टले भने, ‘५ ओटा महाकाली नदीमा बनाउन भारतीय सरकारको स्वीकृति लिनुपर्दा समस्या देखिएको छ ।’ आगामी दुई÷तीन महिनाभित्र बाँकी तुइन विस्थापन गरिने र चालू आर्थिक वर्षभित्र मल्टिस्पान बेलिब्रिज पनि बनाइसक्ने गरी काम अगाडि बढेको उनले बताए ।
अहिले नेपाल र भारत सीमाना महाकाली नदी आसपासका बासिन्दाहरु आधा दर्जन तुइनको प्रयोग गर्छन् । दार्चुला जिल्लाको व्यास गाउँपालिकाका सबै जसो वडा भारतसँग जोडिएका छन् । त्यहाँ झोलुङ्गे पुल निर्माणका लागि कुल ९५ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा १५ करोड बजेट खर्च भएको छ । सुर्खेत, दैलेख, तनहुँ र गोरखा लगायतका केही क्षेत्रमा अझै पनि तुइनबाट नदी वारपार गर्नुपर्ने अवस्था छ ।