हाथवे फाइनान्सको खुद नाफा ३७ लाख

गत आर्थिक वर्षमा ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको हाथवेको यस आर्थिक वर्ष २५ दशमलव ७५ प्रतिशतले नाफा घटेको हो ।

हाथवे फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको हाथवेको यस आर्थिक वर्ष २५ दशमलव ७५ प्रतिशतले नाफा घटेको हो ।

हाथवेले ७२ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले गत वर्ष २ करोड २९ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा ४१ लख ५४ हजार रुपैयाँ छ ।

चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको कम्पनीको खराबकर्जा २ दशमलव ५७ प्रतिशतमा झरिसकेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसा रहेको हाथवेको प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ २५ पैसा छ ।