
तोकिएको समयमा नवीकरण नगराएकाले लुम्बिनी नेट प्रालि सानेपा, स्याङ्जा इन्टरनेट र पिकोसफ्टको अनुमति खारेज गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक महिनामै तीन सेवाप्रदायक कम्पनीको अनुमति खारेज गरेको छ । तोकिएको समयमा नवीकरण नगराएकाले लुम्बिनी नेट प्रालि सानेपा, स्याङ्जा इन्टरनेट र पिकोसफ्टको अनुमति खारेज गरिएको हो ।
ती कम्पनीले अनुमतिपत्र नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको, आव २०७४/७५ को वित्तीय विवरण नबुझाएको र रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकमसमेत नतिरेको प्राधिकरणले जानकारी दिएको छ ।