ग्लोबल आर्इएमईको ११ वर्षको यात्रा

बैङ्कको १ खर्ब २३ अर्ब निक्षेप छ भने ९४ अर्ब ९८ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । बैङ्कले ८ अर्ब बढि चुक्ता पुँजी पुर्याइसकेको छ ।

ग्लोबल आइएमई बैंकले मंगलबारदेखि आफ्नो ११ बर्षको यात्रा पुरा गरेको छ । सन् २००७ मा काठमाडौंबाहिर बिरगञ्जमा रजिष्टर्ड कार्यालय राखेर आफ्नो सेवा सुरु गरेको बैंकले मंगलबारदेखि नै काठमाडौंको कमललादीको नवनिर्मित भवनमा रजिष्र्टड कार्यालय सुरु गरेको हो । कार्यालयको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।

११ बर्षको यात्रामा ग्लोबलले देशका विभिन्नभागमा १ सय १३ वटा शाखा विस्तार गरेको छ । ११ औं बार्षिकोत्सवको अवसरमा मंगलबार नै बैंकले ५ शाखा विस्तार गरेको हो । कर्पाेरेट भवन कमलादी, भक्तपुरको गोठाटार, बैतडीको पुर्चौडी, गुल्मीको गौडाकोट र झापाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले देशका विभिन्न स्थानमा १ सय २७ एटिएममार्फत पनि सेवा पुराइरहेको छ ।

स्थापनाको समयदेखि नै रेमिट्यान्स सेवालाई प्राथमिकतामा राखेको बैंकले २ महिनाअघिदेखि कोरिया र भारतबाटसमेत रेमिट्यान्स सेवा सुरु गरेको जनाएको छ । बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेको छ । बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दे आइरहेको छ ।


बैकले हालसम्म १० बैंक तथा वित्तिय संस्थालाई मर्जर तथा प्राप्ती गरेको छ । नेपालमा भएका वित्तिय संघसंस्थाहरुको मर्जर तथा प्राप्तीमा बैंकले ७ प्रतिशत स्थान ओगटेको छ ।

बैंकको उद्घाटनपछि गभर्नर नेपालले ११ बर्षको यात्रामा बैंकले पाएको सफलतामा बधाई दिए । त्यसैगरि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले गरेको प्रगतीका आधारमा हामी ठूला बैंकहरु भित्र पर्ने बताउँदै अझ बढि सुविधा र सेवा दिन बैंक तयार रहेको बताए ।

बैंकको १ खर्ब २३ अर्ब निक्षेप रहेको छ भने ९४ अर्ब ९८ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब बढि चुक्ता पूँजी पुराइसकेको छ ।