अर्मादी–बनौ सडकमा कालोपत्रे सुरु

झन्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झन्डै ३० करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे सुरु भएको छ ।

कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा कालोपत्रे हुन लागेको हो । झन्डै १२ किलोमिटर लामो सडकको आगामी दुई वर्षभित्र कालोपत्रे सम्पन्न हुने भएको छ । झन्डै ३० करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने सडकको टुण्डी कन्ट्रक्सन प्रालि सानेपा ललितपुरले निर्माणको जिम्मा लिएको छ ।

जलजला गाउँपालिका–९ का अध्यक्ष गौबहादुर पुर्जाले नियमित अनुगमन र निगरानी गरेर सडक समयमै र गुणस्तरीय बनाउन पहल गर्ने बताए ।

पर्वतका दोविल्ला–फलेवास, मुडिकुवा–लुङ्खु सडक पनि कालोपत्रे हुने चरणमा छन् । दोविल्ला–फलेवास र मुडिकुवा–लमाए सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने लमाए–लुङ्खु सडक पनि कालोपत्रेको चरणमा छ । आगामी दुई वर्षभित्रमा दुवै सडक कालोपत्रे सम्पन्न गर्ने गरी काम सुरु भइसकेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना पर्वतका कार्यालय प्रमुख जगदीश शर्माले जानकारी दिए । रासस