ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्न नेपाल राष्ट्र बैङ्कको प्राइम कमर्सियललाई स्वीकृति

यसअघि प्राइम कमर्सियल बैङ्कले कन्ट्री डेभलपमेन्ट बैङ्क र विराटलक्ष्मी विकास बैङ्कलाई गाभेको थियो । यस्तै ओम डेभलपमेन्ट बैङ्कले मनास्लु विकास बैङ्कलाई मर्ज गराएको थियो । मनास्लु विकासलाई आफूमा गाभेपछि ओमको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँबाट कारोबार सुरु गरेको थियो ।

प्राइम कमर्सियल बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको सैद्धान्तिक सहमतिपछि ‘क’ वर्गको प्राइम कमर्सियल बैङ्कले ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने भएको छ । यसअघि दुवै कम्पनीको साधारणसभाको सहमतिअनुसार नेपाल राष्ट्र बैङ्कमा गाभ्ने तथा गाभिने स्वीकृति प्राप्त गर्न २०७५/०५/०४ मा आवेदन दिएका थिए ।

यसअघि प्राइम कमर्सियल बैङ्कले कन्ट्री डेभलपमेन्ट बैङ्क र विराटलक्ष्मी विकास बैङ्कलाई गाभेको थियो । यस्तै ओम डेभलपमेन्ट बैङ्कले मनास्लु विकास बैङ्कलाई मर्ज गराएको थियो । मनास्लु विकासलाई आफूमा गाभेपछि ओमको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँबाट कारोबार सुरु गरेको थियो ।

दुई कम्पनीले आन्तरिक सहमतिपछि साधारणसभाबाट नै गाभिने र गाभ्ने सहमति गर्दै नेपाल राष्ट्रको स्वीकृति माग गरेका थिए । कम्पनीको मागअनुसार नेपाल राष्ट्र बैङ्कले सैद्धान्तिक सहमति प्राप्त गरेको मितिले ३ महिनाभित्र ‘बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को दफा ७१ र ७२ अनुसार स्वीकृति दिएको हो ।

पोखरालाई आधार बनाएर कारोबार गरिरहेको राष्ट्रिय स्तरको ओमलाई गाभेपछि प्राइमको पुँजी १० अर्ब रुपैयाँबराबर हुनेछ । बराबरी हैसियतमा गाभिए जगेडा कोष ४ अर्ब १० करोड पुग्नेछ । हाल ओमको कारोबार रोक्का गरिएको छ ।