गत वर्ष ओम डेभलपमेन्टले ३ करोड ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी ६० दशलमव २९ प्रतिशत र सञ्चालन नाफा १ सय ७० दशमलव १७ प्रतिशले बढेको छ ।
प्राइम कमर्सियल बैङ्कसँग गाभिन लागेको ओम डेभलपमेन्ट बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा गरेको नाफाभन्दा १ सय ३२ दशमलव १ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।
गत वर्ष ओम डेभलपमेन्टले ३ करोड ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी ६० दशलमव २९ प्रतिशत र सञ्चालन नाफा १ सय ७० दशमलव १७ प्रतिशले बढेको छ ।
प्राइम कमर्सियल बैङ्कसँग मर्ज हुन लागेको कम्पनीको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी २४ करोड ५९ लाख ४६ हजार रुपैयाँ छ भने सञ्चालन नाफा १३ करोड ४१ लाख ८ हजार रुपैयाँ छ ।
उक्त अवधिमा बैङ्कले २१ अर्ब ९६ करोड २५ लाख ५९ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी १९ अर्ब ४ करोड ४७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा १ दशमलव ५८ प्रतिशत रहेको कम्पनीको कस्ट फन्ड भने ८ दशमलव ६९ प्रतिशत छ ।
२ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ओमको रिजर्भ कोषमा ८४ करोड १ लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ४० पैसा छ ।