आरम्भ माइक्रोफाइनान्सको कार्यकारी अधिकृतमा घिमिरे नियुक्त

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुष्कर घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीले अर्को निर्णय नभएसम्मका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले मङ्सिर ९ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै घिमिरेलाई सोही दिनदेखि लागू हुने गरी कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।