हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याविलिटी अफ एक्सिडेन्स क्यू४० लाई परिवर्तन नगर्न माग समेत गरेको हो ।
हालै सरकारले स्वीकृत गरेको ‘विद्युत् आयोजनाको अनुमतिपत्र सम्वन्धि निर्देशिका’ मा जलविद्युत् आयोजनाको जडित क्षमता क्यू४० बाट क्यू४५ गरिएकोप्रति निजी प्रवद्र्धकले ध्यानाकर्षण जनाएको छ । हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोब्याविलिटी अफ एक्सिडेन्स क्यू४० लाई परिवर्तन नगर्न माग समेत गरेको हो ।
क्षमता परिवर्तन गर्दा प्राकृतिक स्रोतको अधिकतम उपयोग नहुने र रोयल्टीमा समेत असर पर्ने भएकाले क्यू४० नै कायम गर्नुपर्ने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए । क्यू ४५ मा परिवर्तन गरिँदा स्थानीय बजारलाई मात्र आधार मान्ने भएकाले विद्युत् खरिद सम्झौता(पीपीए) भइसकेको आयोजनामा छिमेकी राष्ट्रसँग समन्वय गरी विद्युत् बजारको विस्तार गर्न सकिने गुरागाइले बताए ।
जलविद्युतआयोजनाको जडित क्षमता निर्धारण गर्दा जलश्रोतको अधिकतम उपयोग, विद्युतबजारको विस्तार र लगानीको ्रतिफललाई समेत आधार मानी गरिनुपर्ने र हाइड्रोलोजिकल टाइम सिरिज डाटाको विद्युत् क्षमता त्तद्धछकायम नगरी परिवर्तन गर्न मिल्ने व्यवस्था गर्न इप्पानले माग गरेको हो ।