पहिलो त्रैमासमा एनआईसीले ७५ करोड नाफा कमायो

एनआईसीले १ खर्ब ६३ अर्ब ३० करोड ७६ लाख १३ हजार रुपैयाँ निक्षेप सङ्कलन गर्दै १ खर्ब ३९ अर्ब २६ करोड ४५ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनआईसी एसिया बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १७० दशमलव ०८ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २७ करोड ८६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस अवधिमा सञ्चालन नाफा १ अर्ब ६ करोड १६ लाख ७ हजार रुपैयाँ छ । एनआईसीले १ खर्ब ६३ अर्ब ३० करोड ७६ लाख १३ हजार रुपैयाँ निक्षेप सङ्कलन गर्दै १ खर्ब ३९ अर्ब २६ करोड ४५ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

८ अर्ब ३ करोड ११ लाख १७ हजार चुक्ता पुँजी रहेको कम्पनीको शून्य दशमलव २६ प्रतिशत खराब कर्जा छ । जगेडा कोषमा ५ अर्ब ९ करोड ६९ लाख ४१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा पुग्दा एनआईसीको प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैयाँ ३३ पैसा छ ।