पहिलो त्रैमासमा नबिलको नाफा २३ प्रतिशत

यस अवधिमा २३ प्रतिशतले नाफा बढाएको नबिलले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष बैङ्कले ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नबिल बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा २३ दशमलव ६१ प्रतिशत खुद नाफा बढाएको छ । यस अवधिमा २३ प्रतिशतले नाफा बढाएको नबिलले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष बैङ्कले ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैङ्कले खुद ब्याज आम्दानी ३५ दशमलव ४५ प्रतिशतले बढाएर १ अर्ब ८४ करोड ३१ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । बैङ्क सञ्चालन नाफा १ अर्ब ५० करोड ३२ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । निक्षेप सङ्कलन १ खर्ब ४३ अर्ब ३० करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको कम्पनीले १ खर्ब २८ अर्ब ७ करोड ८८ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १३ अर्ब ७९ करोड ५४ लाख ३९ हजार रुपैयाँ छ । खराब कर्जा शून्य दशमलव ८५ प्रतिशत रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ३६ पैसा छ । नबिलको प्रतिसेयर नेटवर्थ २ सय ७१ रुपैयाँ ५२ पैसा पुगेको छ ।