ओमलाई मर्जमा लग्न अनुमति पाएको प्राइमको नाफा ४५ प्रतिशत

कम्पनीले यस अवधिमा ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष प्राइमले ३९ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्राइम बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ दशमलव ५० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले यस अवधिमा ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष प्राइमले ३९ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्राइमको खुद ब्याज आम्दानी ९७ करोड २ लाख ८९ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा ८३ करोड १२ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा ५४ करोड ९७ लाख ५१ हजार रुपैयाँ थियो ।

कम्पनीले ७६ अर्ब ३३ करोड ६८ लाख २३ हजार रुपैयाँ निक्षेप सङ्कलन गर्दै ७२ अर्ब ३३ करोड २७ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको खराब कर्जा १ दशमलव ४१ प्रतिशत छ भने जगेडा कोषमा ३ अर्ब ९७ करोड ६० लाख ४१ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९८ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४९ पैसा छ । प्राइमले ओम डेभलपमेन्ट बैङ्कलाई आफूमा गाभ्न अनुमति पाइसकेको छ ।