एनआइसी एसियाले साढे १० प्रतिशत लाभांश दिने

१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कम्पनीले साढे १० प्रतिशत लाभांश दिने भएको हो ।

एनआइसी एसिया बैङ्कले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कम्पनीले साढे १० प्रतिशत लाभांश दिने भएको हो ।

बैङ्कको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेपछि मात्र वितरण हुने छ ।