राष्ट्रिय बाणिज्य बैङ्कले ५७ दशमलव ७३ प्रतिशतले र इन्भेष्टमेन्टले १७ दशमलव ८४ प्रतिशतले नाफा बढाएका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वाणिज्य बैङ्कलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैङ्क र इन्भेष्टमेन्ट बैङ्क मात्र अर्ब क्लबमा प्रवेश गरेका हुन् ।
चालू आर्थिक वर्ष २०७५र ७६ को पहिलो त्रैमासमा २८ बैङ्कले १४ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउँदा तीन बैङ्क अर्ब क्लबमा उक्लिएका छन् ।
२८ बैङ्कमध्ये पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्क अर्ब क्लबमा समावेश भएका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ तथा इन्भेष्टमेन्ट र नबिलले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाउँदै अर्ब क्लबमा समावेश भएका हुन ।
राष्ट्रिय बाणिज्य बैङ्कले ५७ दशमलव ७३ प्रतिशत, ९ दशमलव ६१ र इन्भेष्टमेन्टले १७ दशमलव ८४ प्रतिशतले नाफा बढाएका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २६ वाणिज्य बैङ्कलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैङ्क र इन्भेष्टमेन्ट बैङ्क मात्र अर्ब क्लबमा प्रवेश गरेका हुन् ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कले ७० करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा ५७ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ११ करोड रुपैयाँको नाफा कमाएको हो । यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको इन्भेष्टमेन्टले यस वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको तुलनामा १७ प्रतिशतले बढी हो । नबिलले गत अावकाे भन्दा ९ प्रतिशतले नाफा बढाएर १ अर्ब माथि नाफा गरेकाे छ ।
उक्त तीन कम्पनी बाहेक ९१ करोड खुद नाफा कमाउने नेपाल बैङ्कले गत आव भन्दा ५ दशमलव ९१ प्रतिशत कम नाफा कमाएको छ । कम्पनीले गत आवमा ९७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।