अजोड इन्स्योरेन्सले तयार पारेको बिमा पोलिसी कुमारी बैङ्कले बेच्ने

अजोड इन्स्योरेन्स कम्पनीले तयार पारेको बिमा पोलिसी कुमारी बैङ्कले बेच्ने सम्झौता भएको छ । दुई कम्पनीबीच भएको बिमा पोलिसी बेच्ने सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैङ्कका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे ।