मेगा क्यापिटललाई सैद्धान्तिक सहमति

मेगा बैङ्क नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा आउन लागेको हो । यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैङ्किङ व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ ।

मेगा बैङ्क नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा आउन लागेको हो । यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपैयाँ छ । धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्र कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले जानकारी दिए ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय संचालन गर्नेछ । सञ्चालनमा आएपछि निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैङ्किङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सीईओ सुदयकान्त झाले बताए ।