हिमालयन बैङ्कको बैङ्किङ एप सञ्चालनमा, मोबाइलबाटै ऋणको जानकारी

कम्पनीले मङ्सिर मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्याएको हो ।

हिमालयन बैङ्कले आफ्ना ग्राहकका लागि मोबाइल बैङ्किङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्याएको हो ।

बैङ्कले ‘हियर इज योर न्यू बैङ्क’ तथा ‘बिग बैङ्क इन स्मल साइज’ भन्ने नाराका साथ मोबाइल बैङ्किङ सुरुवात गरेको हो । उक्त एपबाट ग्राहकले आफ्नो खाताबारे जाकारी लिने, चेक व्यवस्थापन गर्ने, आफूले उपभोग गरेको ऋणको जानकारी लिने, बैङ्कभित्रकै रकम अर्को खातामा स्थानान्तरण र बिल भुक्तानी गर्नेलगायत सुविधा मोबाइल बैङ्किङ एपमा पाइने बैङ्कले जनाएको छ ।