no-image

एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।

बिहीबारदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।

एशिया स्वच्छ व्यवसायी सङ्गठनका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको व्यापार प्रवर्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा क्रेता, बिक्रेता, विज्ञ र नीति निर्मातासमेत झण्डै १५० को सहभागिता रहनेछ । ‘एशियासँगै अरु प्रशान्तका सङ्गठनका सदस्यसमेत सम्मेलनमा सहभागी हुनेछन्,’ उनले भने ।

दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका प्रमुख मुद्दा रहने सम्मेलनले स्वच्छ व्यवसायको मूल्याङ्कन पद्धति, बजार विस्तार र स्वच्छ व्यवसाय प्रवद्र्धनका विषयमा छलफल हुने अध्यक्ष केसीले बताउनुभयो । ‘विज्ञसँग जीवन निर्वाह ज्याला र स्वच्छ ज्यालाको विषयमा समेत छलफल हुनेछ,’ उनले भने ।

कार्यक्रममा विभिन्न गोष्ठीसँगै ५० वटा स्टल रहने उनले बताए । सङ्गठनले दुई/दुई वर्षमा एशियाका विभिन्न शहरमा आयोजना गर्दै आएको छ । नेपालमा नौ वर्षपछि यो सम्मेलनको आयोजना भएको हो । रासस