चौध हजार लाभग्राहीले सम्झौता गर्न बाँकी

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीका अनुसार लाभग्राहीको सूचीमा नाम परेकामध्ये कतिपयको अर्को स्थानमा बस्न योग्य घर भएका र नक्कली भूकम्पपीडित भएका कारण सम्झौता गर्न नआएको हुनसक्ने बताए ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको भूकम्प लाभग्राहीमध्ये १४ हजार ६० जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

भूकम्प पुनःनिर्माणको कार्यलाई थप गति दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गर्नका लागि रकम बुझेर काम नगरी बसेकाहरुलाई पुस १५ गतेभित्रमा सम्बन्धित कार्यालयमा फिर्ता गर्न आह्वान गरिरहेका बेला पहिचान भएको लाभग्राहीमध्ये जिल्लाको १४ हजार ६० जना लाभग्राहीले भने अनुदान सम्झौता गर्न बाँकी देखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीका अनुसार लाभग्राहीको सूचीमा नाम परेकामध्ये कतिपयको अर्को स्थानमा बस्न योग्य घर भएका र नक्कली भूकम्पपीडित भएका कारण सम्झौता गर्न नआएको हुनसक्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको गतिलाई तीव्रता दिनका लागि पछिल्लो समयमा पुनःसमयसीमा निर्धारणको सूचना जारी भएपछि काभ्रेपलाञ्चोकमा रकम लिएर घर निर्माण नगरेकाले कसरी रकम फिर्ता गर्ने भन्ने विषयमा बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख लोकनाथ रेग्मीको भनाइ छ ।

‘‘सूचना प्रकाशन भएसँगै पछिल्लो अवस्थामा रकम फिर्ता कसरी गर्ने भनेर बुझ्न आउने र निजी आवास पुनःनिर्माणको काम अगाडि बढाउन भनेर बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको छ’’ रेग्मीले भने, “हामीसँग पुनःनिर्माणको लागि रकम प्रसस्तै छ तर निर्माणको कार्यले सोचेजति गति लिन सकिरहेको छैन ।”

जिल्लामा कूल ९० हजार ४९७ जनाको सर्वेक्षण भएकामा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएको थियो । जसमध्ये ४५ हजार १५६ जनाले दोस्रो किस्ता लिएर घर निर्माण गरिरहेका छन् । त्यसमध्ये तेस्रो किस्ता लिनको सङ्ख्या २२ हजार २११ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पुनःनिर्माणको लागि निर्माण सामग्री, दक्ष कामदारको अभाव र प्राविधिक नै समयमा उपलब्ध नभएपछि पुनःनिर्माणको काम प्रभावित भएको पाइएको छ । जिल्लामा हालसम्ममा ६८ हजार ७७३ जना लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

एकाइका अनुसार २५ हजार ११७ जनाले दर्ता भएका कूल गुनासोमध्ये २४ हजार ८४९ जनाले पुनरावलोकन गरिएकामा २१ हजार ५३८ जनाको गुनासो फछ्र्यौट भइसकेको छ । रासस