उर्जामन्त्री पुनले गरे त्रिशूली–३ ‘बी’ हबकोे शिलन्यास, समयमै सक्न निर्देशन

नुकाकोट र रसुवामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने एकमात्र २२० केभी त्रिशूली–३ ‘बी’ एक बर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले त्रिशुली ३ बी हबको शिलन्यास गरेका छ । नुकाकोट र रसुवामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने एकमात्र २२० केभी त्रिशूली–३ ‘बी’ एक बर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ ।
उक्त हवको शिलन्यास गर्दै मन्त्री पुनले तोकिएको समयभित्रै आयोजना सम्पन्न गर्न निर्देशन दिए । आयोजना सम्पन्न गर्नका लागि बन, जग्गा लगायतका समस्या समाधान गर्नेतर्फ आफु लाग्ने मन्त्री पुनले बताए ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना तोकिएको डेटलाइन भित्र सक्न ठेकेदार कम्पनीलाइ आग्रह गरे ।

उक्त हब निर्माण भएपछि त्यसक्षेत्रका झन्डै निर्माणधीन आधादर्जन जलविद्युत् आयोजनाबाट झन्डै ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।