एनएमबीले १० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिने

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिने भएको हो ।

एनएमबी बैङ्कले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले सेयरधनीका लागि ३० प्रतिशत लाभांश दिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सेयरधनीका लागि आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैङ्कको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेपछि मात्र वितरण हुने छ ।