लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएपछि मङ्सिर १९ गतेदेखि पुस १ गतेसम्मका लागि बुक क्लोज गरेको छ ।
लक्ष्मी लघुवित्तले २६ दशमलव ३२ प्रतिशतका दरले ६ करोड ३६ लाख ८४ हजार २ सय ११ रुपैयाँ (करसहित) दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाबा पारित भएपछि मात्र वितरण हुने छ ।