सेतीखोला जलविद्युत् आयोजनाको पीपीए, ५ अर्ब लागत

विहीबार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विकासका प्रमुख प्रवल अधिकारी र भिजन लुम्विनि प्रालिका अध्यक्ष जगतबहादुर पोखरेले आयोजनासम्वन्धि पीपीए पत्रमा हस्ताक्षर गरेका हुन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका—२ मा निर्माण हुने सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता(पीपीए) सम्पन्न भएको छ ।

विहीबार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विकासका प्रमुख प्रवल अधिकारी र भिजन लुम्विनि प्रालिका अध्यक्ष जगतबहादुर पोखरेले आयोजनासम्वन्धि पीपीए पत्रमा हस्ताक्षर गरेका हुन् ।

२५ मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादित विद्युत् दर सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ४० पैसा तोकिएको छ । ५ अर्ब रुपैयाँको लागतमा आगामी ३ बर्षभित्र आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । ड्याम साइजबाट ६ किलोमिटर तल हेडरेस बनाई पाइपबाट पानी झारिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् लाहाचोक सवस्टेशनमा जोडिनेछ । भिजन लुम्विनि प्रालिका सदस्य र स्थानीय वासिन्दा उक्त आयोजनामा लगानी रहनेछ । आयोजनाको कुल १ सय ८७ मिटर हेडरेस रहनेछ ।