एडीबीको थप १७ अर्ब ऋण स्वीकृत, १५ अर्ब खानेपानीलाई र विद्युतलार्इ २ अर्ब

२२० केभीए कालीगण्डकी प्रसारण लाइनअन्र्तगत म्याग्दी—कुश्मा—बुटवल—बर्दघाट प्रसारण लाइन निर्माण र तीन सवस्टेसन निर्माण गर्न बाँकी छ । म्यादीदेखि कुश्मासम्म ३९.९ किलोमिटर, कुश्मादेखि बुटवल ८७ किमी र बुटवलदेखि बर्दघाट २६ किमी प्रसारण लाइन निर्माण गर्न थप रकम आवश्यक पर्छ ।

सरकारले एसियाली विकास बैङ्क (एडीबी) बाट करिब १७ अर्ब १० करोड रुपैयाँ (१५ करोड डलर) ऋण स्वीकृत गरेको छ । गत ३ गते बसेको मन्त्रीपरिषद् बैठकले सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजनाका लागि १३ करोड डलर र विद्युत् प्रणाली विस्तार योजनाका बाँकी काम सम्पन्न गर्न थप २ करोड डलर ऋण लिन अनुमति दिएको हो ।

मुलुकभरक ग्रीड तथा सवस्टेसको सुदृढिकरण र वितरण प्रणाली विकासका लागि थप ऋण प्रदान गरिएको हो । अहिले विद्युत् प्रणाली विस्तार आयोजनाअन्र्तगत केही काम बाँकी छन् । २२० केभीए कालीगण्डकी प्रसारण लाइनअन्र्तगत म्याग्दी—कुश्मा—बुटवल—बर्दघाट प्रसारण लाइन निर्माण र तीन सवस्टेसन निर्माण गर्न बाँकी छ ।

म्यादीदेखि कुश्मासम्म ३९.९ किलोमिटर, कुश्मादेखि बुटवल ८७ किमी र बुटवलदेखि बर्दघाट २६ किमी प्रसारण लाइन निर्माण गर्न थप रकम आवश्यक पर्छ । सो करिडोरमा ३ ओटा सवस्टेशन बनाउन बाँकी छन् । त्यस्तैगरी, २२० केभीए मस्र्याङ्दी—काठमाडौं प्रसारण लाइन (९२ किमी), मार्किचोक—मातातिर्थ, ३३ किमी रहेको ढल्केबर—मुजिलिया, स्कोप परिमाण थप गर्नका लागि सरकारले थप रकम व्यवस्था गरेको नेपाल विद्युत् आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए ।

ग्रीड सवस्टेसन सामुहिक आयोजना र २३ सवस्टेसन निर्माण गरिने भएको छ । त्यसै ३३ केभी सवस्टेसन र प्रसारण लाइनको सुदृढीकरण गर्नका लागि बजेट व्यवस्थापन गरिने सिलवालले बताए ।